१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्रागिरिमा ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट पनि प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिकाको पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति ९ बजे १६ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको बताउनुभयो ।

पक्राउ परेकाहरुसँग प्रहरीले नगद, २० बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।