
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताउनु भएको छ ।
मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताउनुभयो । उहाँले भारतसँगको व्यापार दक्षिण एशियाकै पहिलो भएको समेत बताउनुभयो ।
मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएकोले आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताउनुभयो ।
भान्सामा प्रयोग हुने एलपी ग्यासलगायतका उर्जालाई विद्युतले बिस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने उहाँको भनाइ छ ।
मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्