
Photo: RSS
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो ।
सत्ताबाट बाहिरिएयता ओलीले राष्ट्रपति भण्डारीसँग पटक–पटक भेटवार्ता गर्दै आउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलित रहेको अवस्थामा ओलीले राष्ट्रपतिसँग छलफल गर्नुभएको हो ।
एमसीसी लगायतका विषयमा पनि दलहरु विभाजित भएका बेला पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भएको भेटवार्ता भएको हो । यस्तै भेटमा एमालेको आसन्न दसैं राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल भएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्