१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२४ घण्टामा एक सय ४३ जनामा काेराेना संक्रमण


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५ सय ५८ पुगेको छ । यसै अवधिमा ५सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ ।