
काठमाडौं । चाडपर्व मनाउने जोशमा होस गुमाउँदा देशभर आगलागी घटना बढ्दा धनजनको व्यापक भएको छ । एक वर्षभित्र देशका २७ सय ६१ स्थानमा भएको आगलागीमा १ सय ४ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्रालयको दिएको जानकारीअनुसार आगलागीमा ४२ पुरुष र ६२ महिलाले ज्यान गुमाएका छन् । आगलागीमा ३ सय ७७ जना घाइते भएका छन भने प्रभावित परिवारको संख्या ३५ सय ८३ रहेको छ ।
आगलागीका घटनाबाट तीनवटा सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन भने ८ वटा भवनमा आंशिक क्षति पुगेको छ । यस्तै ११ सय ६५ वटा निजी भवन पूर्णरूपमा काम नलाग्ने बनेका छन भने ७४८ वटा निजी भवनमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।
आगलागीमा १ अर्ब ९४ करोड १७ लाख बढी क्षति भएको आंकलन मन्त्रालयको छ । पछिल्लो एक दशकमा देशभर १५ हजार २४६ वटा आगलागीका घटना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्