
बागलुङ । बागलुङको ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समयदेखि कोरोना संक्रमणका कारण ठप्प बनेको पर्यटकीय क्षेत्र पुनः गुल्जार हुने देखिएपछि स्थानीयमा उत्साह पनि बढेको छ ।
अहिले दैनिकजसो आन्तरिक पर्यटक ढोरपाटन घुम्न पुग्ने गरेका छन् । उच्च पहाडी क्षेत्रको शान्त र मनोरम वातावरण, स्वच्छ हावापानी र गाउँले परिवेशमा रमाउन चाहनेका ढोरपाटन आकर्षक गन्तव्य बनेको छ ।
हिउँद होस वा बर्खा आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यकामा घुम्न जाने गर्छन् भने उपत्यकासंगै रहेको आरक्षमा विदेशी पर्यटकहरु साहसिक सिकारका लागि पुग्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्