१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छठ पर्वको मूख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिने, तराई मधेश र काठमाडौंका नदी तलाउ झकिझकाउ


0
Shares

काठमाडौं । आज छठ पर्वको मुख्य दिन । तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ ।

कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ । यस्तै आज रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा विशेष गरी सूर्यदेवको उपासना र पूजा हुने गर्दछ ।

पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । ताईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले छठको अवसरमा सार्वजनिक विदा पनि दिन थालेको छ ।