
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साहलाई वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । साहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्