
काठमाडौं । काठमाडौं र भारतको पश्चिम बंगालस्थित सिलगुरीबीचको बससेवा डेढ वर्षपछि सुचालु भएको छ ।
कोरोना महामारीका कारण रोकिएको बससेवा मंगलबारबाट सुरु भएको हो । ४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बससेवा सुचालु भएको हो ।
उक्त बस बिहीबार बिहान काठमाडौं आइपुग्ने छ । बस काकडभिट्टा, लालगढ, नौबिसे भएर काठमाडौं आउने सिलगुरी बस ओनर एण्ड बुकिङ एशोसियसनले जनाएको छ ।
यात्रुले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । बस मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट दिउँसो तीन बजे सिलगुरीका लागि छुट्नेछ । भाडादर प्रतिव्यक्ति २ हजार ४ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्