१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल


0
Shares

चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्र १० बुँदे कार्यान्वयन भइसकेको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आधारभूत रूपमै १० बुँदे कार्यान्वयन भइसकेको दावी गर्नुभयो । उहाँले असहमतिका विषय भएका ठाउँमा पार्टीको स्थानीय नेतृत्वले मिलाउने बताउनुभयो ।

‘१० बुँदे कार्यान्वयन भइसक्यो,’ उहाँले भन्नुभयो, ‘नमिलेको स्थान र विषयमा पार्टीको स्थानीय नेतृत्वले मिलाउँछ ।’

फरक प्रसङ्गमा पोखरेलले सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारको पृष्ठभूमि हेर्दासमेत अहिलेको अवस्थालाई पार लाउने सरकार नभएको पोखरेलको भनाई थियो ।

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।