
फाइल तस्बिर
काठमाडौं । इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पककाउने ग्यास र हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै मूल्यवृद्धि खारेजीको मागसहित नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा इन्धनमा भएको मूल्यवृद्धिले जनता मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।
नेकपाले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी प्रदर्शन, २६ गते साँझ मसाल जुलुस, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्