
काठमाडौं । नेकपा (एमाले)ले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
१०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेको हो ।
महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ ।एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तिमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराउनुभएको थियो ।
एमालेको महाधिवेशन आगमी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसका लागि शनिबार देशभर प्रतिनिधि चयन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्