
काठमाडौं । लाइन्स क्लब अफ् काठमाडौं ब्लड सर्कल र योङ स्टार क्लब सोलुखुम्बुले नयाँ कीर्तिमान कायम गरेको दावी गरेका छन् ।
संसारको सबैभन्दा अग्लो स्थानमा रक्तदानको आयोजना गरेको क्लबको दावी छ । ती संस्थाहरूले संयुक्त रूपमा सोलुको सल्लेरीमा आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।
उनीहरूले दुई हजार तीन सय ५० मिटरको उचाइमा रक्तदानको आयोजना गरेका हुन् । हालसम्मकै अग्लो स्थानमा यसअघि कसैले पनि रक्तदान कार्यक्रमका आयोजना नगरेको आयोजकको दावी छ ।
प्रतिक्रिया दिनुहोस्