
स्याङ्जा । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा स्याङ्जाबाट प्रतिनिधिका लागि ८९ जना आकांक्षी प्रतिस्पर्धामा उत्रिएका छन् ।
संगठित सदस्यका आधारमा जिल्लाबाट २४ जना मात्र महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने छन् । महाधिवेशन प्रतिनिधिका लागि ८९ जनाले उमेदवारी दर्ता गरेको एमाल स्याङ्जाले जनाएको छ ।
स्याङ्जामा एमालेका करिब १३ हजार ७ सय संगठित सदस्य रहेको बताइएको छ । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार देशैभर निर्वाचन गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्