१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने


0
Shares

एजेन्सी । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन् ।

बहिर्गमनको चरणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।

देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।

साराले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरे पनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन् ।

जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ ।