२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाकाे मृत्यु


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको हो ।

यसै अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७८ रहेको छ ।