
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस न्यायालयमा देखिएको विवादको विषयमा मौन बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा तत्कालका लागि पार्टीको तर्फबाट कुनै पनि पक्षमा नबोल्ने सहमति भएको छ ।
बैठकमा न्यायपालिकाको पछिल्लो अवस्थाबारे नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरू चुप लागेर बस्नु नहुने बताउनुभएको थियो ।
पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा पक्ष वा विपक्षमा लाग्न नहुने भन्दै त्यहीँ भित्रैबाट निकास आउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्