१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चमा बारको प्रदर्शन, अवरोध छिचोल्दै कार्यालय छिरे प्रधानन्यायाधीश (फाेटाे फिचर)

सर्वोच्च आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएको नेपाल बार सम्वद्ध कानुन ब्यावसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन् । प्रधानन्यायाधीश राणा भने प्रदर्शनकारीहरुलाई छल्दै कार्यालय प्रवेश गर्नुभएको छ ।

महान्यायाधीवक्तको कार्यालयसंगैको प्रवेशद्वारबाट राणा सर्वोच्चस छिर्नुभएको हो । प्रधानन्यायाधीश राणा प्रवेश गर्नु अघि नै वकिलहरु बार एशोसियसनतर्फको गेटबाट सर्वोच्च परिसरमा छिरेका थिए ।

प्रधानन्यायाधीश राणा विरुद्ध नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिरेका वकिलहरुले सर्वोच्च परिसरमा नाराबाजी गरिरहेका छन् । बारको समूहले सर्वोच्च परिसरमा प्रदर्शन र नाराबाजी गरिरहेको बेला सर्वोच्चको मूलद्वार अगाडि भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन र नाराबाजी भएको थियो ।

भित्र र बाहिर प्रदर्शन र नाराबाजी भएपछि मूलद्वार बाहिर राणाको पक्षमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालत वरपर विहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै वकिलहरुले धर्ना र प्रदर्शन गरेका थिए । सर्वोच्चका न्यायाधीशहरुले पनि राणानको बहिर्गमनको माग राख्दै झण्डै तीन सातादेखि मुद्धाको सुनुवाई गरेका छैनन् ।