१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा तोके पेसी


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो ।

उहाँले आफ्ना लागि भने कुनै इजलास पेसी तोक्नुभएको छैन । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा इजलास बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।