
काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । केही दिनयता बढिरहेको सुनको मुल्य आज तोलमा २ सय रुपैंयाले बढेर ९४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य सातामै ३ हजार ६ सयले महंगीएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मुल्य निरन्तर उकालो लागिरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भइरहेको छ । साताभरी चाँदीको मुल्य तोलामा ७० रुपैयाँले महँगिएको हो । अन्तराष्ट्रिय बजारमा यतीबेला सुन प्रतिऔन्स १८ सय ६८ डलर र चाँदी प्रतिऔन्स २५ डलरमा कारोबार भइहेको छ ।
प्रतिक्रिया दिनुहोस्