
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउने गरि काम गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई आग्रह गर्नु भएको छ ।
प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको आज उद्घाटन गर्दै उहाँले प्राज्ञिक अनुसन्धानबाट विभिन्न जातजातीको मौलिक संस्कृति र कला संरक्षणमा जुट्न आवश्यक रहेको बताउनुभयो । नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
उहाँले राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको बताउनुभयो । देश भौतिकरुपमा जति नै सम्पन्न भए पनि सांस्कृतिक पक्ष कमजोर भए अपेक्षित सफलता हात पार्न नसक्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्