१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘किन लाग्यो इन्द्रेणी’ गीत सार्वजनिक (भिडियोसहित)


0
Shares

काठमाडौं । ‘किन लाग्यो इन्द्रेणी’ गीतको सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र अशेष मल्लले भिडियो सार्वजनिक गरेका हुन् ।

डा. रेणुका सोलुको शब्द रहेको गीतमा आर.सि. थापाको सङ्गीत स्वरुपराज आचार्यको स्वर रहेको छ । भिडियो सार्वजनिक गर्दै अशेष मल्ल कलाकारको भविष्य सुन्दर रहेको बताए । उनले रक्षा थापा बस्नेत भविष्यमा अत्यन्तै आशलाग्दो कलाकार भएको बताए ।

कलाकारको भविष्य सुन्दर रहेको कुरा पनि उनले जोड दिए । नयाँ पुस्ता अझ छोरीपुस्तालाई हरेक क्षेत्रमा अगाडि बढ्न हौसला दिनुपर्ने र अबको संसार हाँक्न छोरीहरू पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

गीता खत्रीले गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरीपुस्तालाई प्रेरीत गरिन् ।

कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर, पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो ।