
डीबी विष्ट
बझाङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको देबलबाँझका वासिन्दाको घरघरमा धारा पुगेको छ भने पानी पुगेसंगै गाउँमै सुधारिएको घट्ट पनि सञ्चालनमा आएपछि गाँउमा खुसीयाली छाएको छ ।
गाँउमा खानेपानीको चरम समस्या झेल्दै आएका बझाङको थलारा गाँउपालिकाबासी गाउँमा खानेपानी पुगेपछि खुसी भएकाछन् । उनीहरुको घरै पिच्छे अहिले धारा जडान गरीएपछि लामो समयपछि उनीहरुको खानेपानीको समस्या सामधान भएको हो । गाँउ नजीकै खानेपानी नभएकै कारण कुटानी पिसानी गर्न गाँउ बाट एक दिनको पैदल दुरीमा रहेको दुर्गाथली गाँउपालिका सम्म पुग्नु पर्ने बाध्यता थियो ।
गाँउमा नै खानेपानीको सुविधा र सुधारीएको पानी घट्ट समेत संचालनमा आएपछि यहाँका बसीन्दा खुसी देखिन्छन् । थलारा गाँउपालिका र ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजनाको झण्डै एक करोड ७४ लाख को लगानीमा एक घर एक धारा र सुधारीएको पानी घट्ट समेत संचालनमा आएपछि अहिले गाँउमा नै कुटानी पिसानीको काम हुन थालेपछि उनीहरु दंग भएका हुन् ।
सुधारीएको पानी घट्ट संचालनमा आएपछि पुरुष भन्दा पनि यहाँका महिलाहरुको मुहारमा खुसीयाली छाएको छ । खानेपानीका लागी ढुङ्गे धारामा रातीको १२ बजे सम्म लाईन लागेर भए पनि पानी भर्नेका लागी पालो कुर्नु पर्ने झण्झट बाट समेत उनीहरुले अब मुक्ती पाएका छन् । घर घरमा खानेपानीका धारा जडान भएपछि सरसफाई मा समेत परिवर्तन आएको स्थानीय बासिन्दा बल बहादुर सिहँको अनुभव छ ।
पहिलेको भन्दा अहिले गाँउमा धेरै परिवर्तन भएको आफुले पाएको वडा नम्बर ३ का वडा अध्यक्ष गणेश राज जोशिको भनाई छ । अहिले यहाँका प्रत्येक घरघरमा खानेपानीको धारा जडान गरीएको छ भने सिचाईको सुविधा समेत पुगेको छ ।
खानेपानी , सिचाई कुलो, सुधारीएको घट्ट गाँउ मै भएपछि यहाँका स्थानीय बासिन्दाहरुले करेसाबारीमा विभिन्न तरकारी तथा फलफुल उत्पादन गरी विक्री गरेर आम्दानी समेत सुरु गर्न थालेका छन् । स्थानीयको आयस्रोत बढाउनका लागी खानेपानी, सिचाई कुलोका साथै यस्तै विकास निर्माणका कार्यमा स्थानीय तहका जनप्रतिनिधीहरुको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्