
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले आजै प्रधानन्यायाधीश राणाले वार्ताका लागि अपिल गरेपछि उहाँलाई विश्वास गर्न नसकिने भन्नै टिप्पणी गर्नु भएको छ ।
उहाँले आज धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन समेत आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो ‘प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था छैन, बरु आजै राजीनामा दिएर निकास दिनुस् ।’
आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारले आन्दोलन चर्काउँदै गएपछि सोमबार प्रधानन्यायाधीश राणाले एक विज्ञप्ति जारी गर्दै विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गर्नु भएको थियो ।
उहाँले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको समेत बताएउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्