
काठमाडौं । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा शुक्रबार जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय, कटारीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्