१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रशासकहरू व्यवहारिक बन्नुपर्छ : मन्त्री श्रेष्ठ

मातहतका कर्मचारीलाई पक्षपातपूर्ण व्यवहार नगर्न सहसचिवहरूलाई आग्रह

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरू व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ ।

सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरूका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरू व्यवहारिक बन्नुपर्नेमा जोड दिनुभभयो ।

मन्त्री श्रेष्ठले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरू ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरूमा सोही अनुरुप काम गर्न सह–सचिवहरूलाई आग्रह गर्नुभयो ।

सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीहरू व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले नवनियुक्त सह–सचिवहरूलाई आफू मातहतका कर्मचारीलाई पक्षपातपूर्ण व्यवहार नगरी काम लगाउन पनि आग्रह गर्नुभयो । कतिपय कर्मचारीहरूमा आफूलाई प्रशासक ठानि सबै काम अरूलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न पनि निर्देशन दिनुभयो । प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिँदै कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाइ छ ।