
काठमाडौं । नेपालमा थप ४ सय १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४ सय २ जनामा गरिएको परीक्षणमा ४ सय १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही समयमा संक्रमणबाट एक जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
२ सय ७० जना निको हुँदा संक्रममुक्तको दर ९७.७ प्रतिशत पुगेको छ ।
देशभर हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्