१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता


13
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाबीच भेटवार्ता भएको छ ।

सोमबार बहराइन भएको भेटवार्तामा फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ । भेटमा अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिए ।

भेटमा एन्फा अध्यक्ष शेर्पाले एफसी अध्यक्ष सलमानलाई नेपाल भ्रमणको निम्तो दिए । जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले एएफसी अध्यक्ष सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिएका थिए । भेटवार्तामा एएफसीका महासचिव डाटो विन्डसर जोन पनि उपस्थिति थिए ।