
एजेन्सी । रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो ।
रुसले क्षेप्याष्त्र परिक्षणमार्फत अन्तरीक्षमा रहेको आफ्नै एउटा भू उपग्रहलाई ध्वस्त पारेको थियो । रुसको यो कार्यले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुको ज्यान जाखिममा पारेको अमेरिकी आरोप छ ।
रुसले ध्वस्त पारेको क्षेप्याष्त्रका भग्नावशेषले समस्या उत्पन्न गरेपछि अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र आई.एस.एस.का यात्रीहरु घण्टौसम्म सुरक्षा क्याप्सुलभित्र बस्नुपरेको थियो ।
आई.एस.एस. मा अहिले चार जना अमेरिकी, दुई रुसी तथा एक जर्मन वैज्ञानिक छन् । रुसले पृथ्वीको सतहभन्दा करिब ४ सय २० किलोमिटर माथि रहेको भू उपग्रह ध्वस्त पारेर एन्टी सेटलाइट मिसाइल परिक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्