
फाइल तस्वीर
काठमाडौं । मुगुको गमगढी बजारमा गएराति भीषण आगलागी भएको छ । राति १२ बजेतिर शुरु भएको आगलागीबाट २० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
मानवीय क्षति भने भएको छैन । जोडिएका घरहरुमा एकपछि अर्को गर्दै आगो सल्किएको थियो । आगो फैलन नदिन एउटा घर भत्काईएको छ । रातिको समयमा आगो लागेको र आगो निभाउने साधन नहुँदा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । आगो थप घरमा फैलिनबाट रोक्ने कोशिस भईरहेको जिल्ला प्रशासनले जनाएको छ । आगलागीबाट ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्