१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेन र सी पहिलो पटक आमनेसामने : ताइवान, व्यापार र साइबर सुरक्षा भर्चुअल बैठकको एजेण्डा


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल बैठक भएको छ । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपतिसँग भर्चुअल रुपमै पनि भए पनि पहिलो पटक आमनेसामने बैठक भएको हो ।

तइवान, साइबर सुरक्षा, व्यापार र आणविक अप्रसार सन्धी जस्ता विषय वार्ताका एजेण्डा हुने बताइएको छ । ताइवाको विषयलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला भएको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले उनीहरुबीचको मत भिन्नतालाई द्वन्द्वमा परिणत हुन नदिनु दुवै देशको जिम्मेवारी हुने बताएका छन् ।

एकअर्कालाई अभिवादन गर्दै सुरु गरिएको भर्चुअल संवादको सुरुमा चिनियाँ राष्ट्रपति सीले आफ्ना पुराना मित्र बाइडेनलाई भेट्न पाउँदा खुशी लागेको बताए ।

यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले आफूहरु दुई जना एक अर्कामा औपचारिक नबनेको भन्दै अरु मान्छेले सोचे जस्तो आफूहरु कहिल्यै पनि नटाढिएको पनि बताए । जलवायु परिवर्तन तथा कोभिड जस्ता विश्व चुनौतिहरुको मिलेर सामना गर्नुपर्नेमा जोड दिँदै चिनियाँ राष्ट्रपति सीले दुई देशबीच मिलेर काम गर्नका लागि सम्पर्कमा सुधार जरुरी रहेको बताए ।

यस्तै, राष्टपति बाइडेनले दुई देशबीचको प्रतिष्पर्धा र मतभिन्नता द्वन्द्वमा परिणत हुँदैन भन्नका लागि आफूले केही मापदण्डहरु तय गर्न चाहेको उल्लेख गरे । चीन र अमेरिकाबीचको सुमधुर सम्बन्ध उनीहरुका लागि मात्रै नभई बाँकी विश्वका लागि पनि महत्वपूर्ण हुन्छ ।