
काठमाडौं । तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज अन्र्तगत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले केहीबेरमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्न लागेको हो ।
२३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली महिला टोलीको सुखद सुरुवात गर्ने लक्ष्य छ । सिरिज अन्तर्गत नेपालले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछ । यो नेपाली महिला क्रिकेट टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिज हो ।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टोली कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्