
काठमाडौं । भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती गर्नेे अधिकांश किसान मर्कामा परेका छन् ।
करिव १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नै लागेन । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेको एक कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । धानमा दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरू छन् ।
स्थानीय जातको बीउबिजन लगाउन छोडेर किसान हाइब्रिड बिउमा आकर्षित हुँदा कृषि उत्पादनमा बेलाबखत समस्या आउने गरेको कृषक समूह महासंघका अध्यक्ष टेकबहादुर लाखा बताउनुहुन्छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले मर्कामा परेका किसानलाई आपतकालिन कोषबाट केही राहत उपलब्ध गराउने बताउनुभयो ।
भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा पनि दाना लागेको थिएन ।
प्रतिक्रिया दिनुहोस्