
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गते बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।
बैठक सुरु हुनासाथ सभामुख भण्डारीले प्रमुख प्रतिपक्षी सांसद उपस्थित नभएको भन्दै स्थगित गनुभएको हो । उहाँले मंसिर १ गते अर्थात भोलिको बैठकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
बैठक स्थगित भएसँगै मुख्यमन्त्रीले विश्वासको मत दिने कार्यसूची भोलिलाई सारिएको छ ।
यसअघि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्