
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि ९ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोक्नुभएको हो ।
आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन । बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश मध्ये ४ जनाले हिजो बन्दीबाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए । यता आन्दोरनरत बार एसोसिएसन र सर्वोच्च बारले भने आजबाट आन्दोलनलाई थप कडाइ गर्ने जनाएको छ । आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै सर्वोच्चको मूल गेटमा धर्ना बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्