१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा विपद् व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षण


0
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षा सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को तयार नेपाल परियोजनाको सहयोगमा अतुल्य फाउन्डेसनले मंगलबार प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले सबैको लागि सार्र्वजनिक सुरक्षा विषय महत्वपूर्ण रहेकाले यसबारे विश्विद्यालयमा अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयले यसबारे कोर्ष नै तयार पार्ने पनि बताउनुभयो ।

विश्वविद्यालयका डीन प्राध्यापक डाक्टर सुदिप ठकुरीले अपांङ्गता मैत्री संरचना सम्बन्धि सचेतना बढाउन इञ्जिजियरिङ संकायले पाठ्यक्रम तयार पार्दा विशृष ध्यान दिनुपर्ने बताउनुभयो ।

अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचना निर्माण गर्ने हो भने अपाङ्गता समावेसी विपद् व्यवस्थापनमा सहज हुने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमममा सार्वजनिक सुरक्षाको उपादेयता र आवश्यकताका बारेमा चर्चा भएको थियो ।