
काठमाडौं । नेपाल बार एशोसियसनले कडा आन्दोलनको तयार गरेको छ ।
बिहीबार सर्वोच्च अदालत पसिरसमा भएको पूर्वघोषित शान्तिपूर्ण धर्नामा दंगा प्रहरीले कानुन व्यवसायीमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै बारले कडा आन्दोलनको तयारी गरेको हो ।
प्रहरीको दमनपछि बारले थप कडा कार्यक्रमहरूकाे घाेषणा गर्दैछ । जसको जानकारी दिन एशोसियसनले दिउँसो ३ बजे बारकाे सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दुई साताभन्दा लामो समयदेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ ।
यसअघि पनि शान्तिपूर्ण विरोध गरिरहेको बारमाथि प्रहरीले दमन गरेपछि सर्वोच्च अदालतमा प्रधानन्यायधीशको प्रवेशलाई रोक्ने घोषणा गरेको थियो । यद्यपि उक्त कदम अहिलेसम्म सफल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्