१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


योग गुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने


0
Shares

काठमाडौं । योग गुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्दै हुनुहुन्छ । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आउनु भएकाे भारतीय योग गुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिन लाग्नु भएको हो ।

शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।

बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ । सोही बखत उहाँले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ ।