
काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा सम्मेलनको सबै तयारी पूरा भएको बताउनुभयो ।
‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ । साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि महराले विज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।
यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।
आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ। यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्