
काठमाडौं । पाकिस्तानले बंगलादेशसँगको तीन टी–२० आई खेलको सिरिज खेल अगावै २–० ले जितेको छ ।
दोस्रो खेलमा शनिबार पाकिस्तानले बंगलादेशलाई ८ विकेटले हराउँदै सिरिज एक खेल अगावै पक्का गरेको हो ।
जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानको जितमा फखार जमान ५७ रनमा अविजित रहे । मोहम्मद रिजवान ३९ रनमा क्याच आउट भए ।
टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ८ रन बनाएको थियो ।
बंगलादेशका नाज्मुल सान्टोले सर्वाधिक ४० रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका स्पिनर शादब खान र तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले समान २ विकेट लिए ।
पाकिस्तानले पहिलो टी–२० मा बंगलादेशलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल सोमबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्