१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

यसअघि हिजोको खेलमा थ्री स्टार क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुवात गरेको हो । हिजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । संकटा र हिमालयनले १–१ गोलको बराबरी खेलेका हन् ।