
web pic
काठमाडौं । मनाङ मसर््याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । हिजै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले सशष्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको छ ।
ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गर्दा सुरज गुरुङले एक गोल थपे । एपीएफका आशिष लामा र बिक्की तामाङले १–१ गोल फर्काए । लिग अन्तर्गत आज पनि दुई खेलहरु हुनेछ । आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दा दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्