
तस्वीरः फाइल
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक आज अपराह्न अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने भएको हो ।
बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ । करिव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्