१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चमा वकिलहरुको धर्ना आज पनि जारी

सर्वोच्चबाट हटाइयो हतियारसहितका सुरक्षाकर्मी

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।
कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् ।

त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा न्यायालयमा भष्ट्राचार , दलिय भागबन्डा गरेकोलगायतका आरोप लगाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु तीन सातादेखि आन्दोलनमा छन् ।