१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरको सुन्तलाले भाउ पाएन


0
Shares

नवलपुर । जिल्लाको पहाडि क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार भाउ पाउन सकेका छैनन् ।

यातायातको पहँुच नहुँदा नवलपुरको बौदीकाली गाउँपालिकामा उत्पादन भएका सुन्तला बिक्री हुन नसकेका हुन् । २५ देखि ३० क्विन्टल सुन्तला बजारसम्म पु¥याउन नसक्दा कृषकहरूले ठूलो नोक्सान व्यहोर्नुपरेको छ ।

पहाडी भेगमा यातायात सञ्चालन हुन नसक्दा सुन्तला कृषकहरू मर्कामा परेका हुन् । यहाँका अधिकांश कृषक सुन्तला खेती गर्छन् । सुन्तला उत्पादन राम्रो हुँदा पनि कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरूको गुनासो छ ।

नवलपुरको सुन्तला स्थानीय बजारले मात्र धान्ने अवस्था छैन । उत्पादन भएका सुन्तला यातायातको समस्याकै कारण निकासी हुन नसक्दा कृषकले गरेको मेहनत खेर गएको छ । सुन्तलाको मूल्य व्यवसायीहरूले निर्धारण गर्दा कृषक मारमा परेका छन् ।