६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बाघको छालासहित दाङबाट दुई जना पक्राउ


0
Shares

दाङ । जिल्ला प्रहरी कार्यालयले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेश खड्कासहित दुई जना रहेका छन् । उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गडुवाबाट १ थान बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा २ प २६६ नम्बरको मोटरसाइकललाई प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका उनीहरूको साथबाट बाघको छाला बरामद गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।