
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सरेको छ ।
साेमबार दिउँसो ३ बजे डाकिएको बैठक तयारी नपुगेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा दशौं महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्