२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


नेप्सेमा सामान्य वृद्धि


0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार गिरावट आएको सेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार निकै उतार चढावकाबीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो । आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको सेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ ।

त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८,विकास बैंक ३४.९९ ,उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । आज सबै पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ । मानुषीको सेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, चन्द्रगिरी हिल्स,एनआईबिल प्रगति फन्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरन्सको सेयर मूल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै सेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,कालिका पावर कम्पनी,सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् ।

कारोबार रकमका आधारमा आज महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।