
काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले गठबन्धन सरकारले एमालेको वर्चश्वलाई विस्थापित गर्ने लक्ष्य राखेर अघि बढेको आरोप लगाउनुभएको छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा बुद्धिजिवी परिषद्ले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले चौतर्फी घेराबन्दीको प्रतिवाद गर्ने विषयलाई लिएर आन्तरिक बहसमा पार्टी केन्द्रीत रहेको बताउनुभयो ।
महाधिवेशनमा जनताको परिचालनले एमालेको सामर्थ्य पुष्टि हुने उहाँको भनाइ थियो । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चिवतनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्