
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३ सय ८५ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणमा करिब ३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ रहेको छ । यसमध्ये २ सय ३० जनाको आईसीयू र ८८ जनाको भेन्टिलेटरमा उपचार भइरहकोे पनि मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७१ हजार बढीले कोरोनाको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्